arrow

उदयपुरमा स्वास्थ्य उपकरण छन, प्रयोग गर्ने जनशक्ति छैनन्

logo
केदार कटुवाल
प्रकाशित २०७८ असार २४ बिहिबार
udayapur.jpg

उदयपुर । तिब्र गतिमा फैलिएको दोस्रो भेरियन्टको कोरोना संक्रमितलाई भेन्टिलेटर, आइसीयू कक्ष दक्ष प्राबिधिक जनशक्तिको अभावमा संचालनमा आउन सकेको छैन ।

आइसियु भन्टिलेटरको अभावमा संक्रमित छटपठाइ रहेका छन भने कतिको मृत्यु समेत भैसकेको छ । एक करोडको लागतमा कोभिड विशेष अस्पताल जिल्ला अस्पताल गाइघाटमा पाँच सैयाको आइसीयु कक्ष, दुई भेन्टिलेटर एक बर्ष बित्दासम्म प्रयोग आउन सकेको छैन ।

जटिल अबस्थामा रहेका बिरामीको श्वासप्रश्वास समस्यामा प्रयोगमा आउने उपकरण दक्ष प्राबिधिक जनशक्तिको अभावमा प्रयोगमा आउन सकेन अस्पतालले जनाएको छ ।अक्सिजन प्लान्ट का लागि ७६ लाखको टेण्डर प्रक्रिया पूरा भइ असारमा संचालनमा आउने भनिए पनि काम सन्तोषजनक हुन नसकेको अस्पताल प्रशासनले बताएको छ ।

तयारी अवस्थामा रहेको भेन्टिलेटर, आइसियु एमडि एनेस्थेटिस्ट अभाबमा संचालनमा नआएको मेडिकल सुपरिटेन्डेन्ट डा.जीव नारायण मण्डलले बताए । उनले भने, ‘दरबन्दीअनुसार जनशक्ति छैन ११ वौ तहको प्रमुख कन्सलटेन्ट, ९ बिशेषज्ञ , ४ मेडिकल अधिकृत र अन्य स्टाफ नर्स सहायक चिकित्सक प्राविधिक, ननप्राविधिकसहित ५९ दरबन्दी रहेको उदयपुर जिल्ला अस्पतालमा सरकाले उपलब्ध नगराउँदा उपचारमा प्रभाब परेको हो ।’ अस्पतालमा २ दर्जन बढी कोभिड संक्रमितको उपचार भइरहेको छ ।

यता चौदण्डीगढी नगरपालिका कोभिड-१९ अस्पताल बेलटारमा ४९ जना कोरोना संक्रमित उपचारत छन् । ६६ जना होम आइसोलेसनमा छन । एक दर्जन भन्ला बढी देशका विभिन्न अस्पतालमा उपाचारत छन ।

यसको प्रभाब बढ्दै जाँदा गतबर्ष स्वीस सरकारको डेढ करोड अनुदान र उदयपुर बिकास बोर्ड स्थानीय पालिकाको डेढ करोड र संसदीय कोषको २५ लाखसहित सवा तीन करोडको लागतमा १५ कोठे भौतिक पूर्वाधार सम्पन्न ६० सैयाको अस्पताल बन्यो ।

सबै कोठामा आइसियु र भेन्टिलेटर जडान गर्न सकिन्छ तर व्यवस्थापन कसले गर्ने ? पिसिआर ल्याब ब्यबस्थापनका लागि प्रदेश र संघीय सरकारलार्इ अनुरोध र गुहार गर्दा केही लागेन नगर प्रमुख खगेन्द्र राइले भने । पछिल्लो समय पोर्टेबल भेन्टिलेटर गोर्खा वेलफर र आईसियु बेड सेफ द चिल्ड्रेनबाट उपलब्ध भए पनि जनशक्तिको अभावमा थन्किएको कोभिडका प्रमुख डा. राकेस कर्णले बताए ।

कोभिड अस्पताल बेलटारमा नगरपालिकाको लगानीमा बिशेषज्ञ डाक्टर एकसहित स्टाफ नर्स  तीन स्वास्थ्य सहायक, तीन ल्याब असिस्टेण्ड, तीन  एम्बुलेन्स चालक ,सरसफाइ सहयोगी, भान्सेसहित १९ जना करार सेवामा राखेर संचालनमा ल्याएपनि अति आवशकीय डिजिटल एक्स्रे मेसिन उपलब्ध हुन नसकेको डाक्टर कर्णले बताए । मासिक १० लाख भन्दा बढी नगरपालिकाले अस्पताल ब्यबस्थापनमा खर्च गरेको प्रशासकीय प्रमुख ध्रुब आचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ