arrow

एकतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
narayanghad-mugling-pahiro.jpg
तस्वीर–फाइल ।

चितवन । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक शुक्रबार बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । 

एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ