arrow

अझै केही दिन मौसममा सुधार नहुने, देशैभर वर्षा, बाढी र पहिरोले धेरैजसो राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
badhi-sindhupalchowk-melamc.jpg
तस्वीर–फाइल ।

काठमाडौं । देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । केही दिन मौसममा सुधार नहुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कणेलले जानकारी दिइन् । उनका अनुसार बागमती र गण्डकीमा अहिले भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चितवनमा वर्षा भएकामा शुक्रबार बिहान भने बागमती र गण्डकीका सबै क्षेत्रमा भारी वर्षा भइरहेको हो । 

कणेलले शुक्रबार बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकामा २७.१ मिलिमिटर वर्षा भएको जानकारी दिइन् । उनका अनुसार आइतबारसम्मै वर्षा भइरहने छ । भनिन्, ‘तत्काल मौसममा सुधार हुने अवस्था छैन । आइतबारसम्मै भारी वर्षा हुनेछ । मनसुन सक्रिय भएकाले यो लम्बिने छ ।’

महाखाशाले देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित भारी र धेरै भारी  वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । 

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने हुनाले सचेत रहन आग्रह गरेको हो । 

निरन्तरको वर्षाका कारण धेरैजसो राजमार्ग र सडकखण्डहरु पहिरोका कारण अवरुद्ध भएका छन् । 

यस्तो छ तीन दिनको पूर्वानुमान                  
२०७८ असार २५गते (शुक्रबार)
दिउँसोः
देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  भने सुदूर पश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २६ गते (शनिबार)
दिउँसोः
देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा  मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । 

२०७८ असार २७ गते (आइतबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका का केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग सहित  भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ