- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। यतिबेला विश्वभर कोरोना भाइरसविरद्धको खोप अभियान चलिरहेको छ । थुप्रै देशहरुले आफ्नो धेरै जसो जनसंख्यालाई खोप लगाइसकेका छन् भने, कतिपय देशमा खोप अभाव छ ।
यसबीच अमेरिकी खोप उत्पादक कम्पनी फाइजरले कोरोना खोपको तेस्रो डोज पनि लगाउन पर्न सक्ने भन्दै अनुमतिका लागि प्रक्रिया अघि बढाएको छ ।
इजरेलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको ६ महिनापछिको तथ्यांक सार्वजनीक गरेपछि फाइजरले तेस्रो डोज आवश्यक हुन सक्ने भन्दै प्रक्रिया अघि बढाएको हो ।
इजरेलको स्वास्थ्य मन्त्रालयले सार्वजनीक गरेको रिपोर्टमा ६ महिनापछि फाइजरकाे काेराेना खाेपमा संक्रमण र लक्षण रोक्ने क्षमता घटेको उल्लेख छ । तर, गम्भीर अवस्था हुन नदिने क्षमता भने प्रशस्त रहेको मन्त्रालयको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसै तथ्यांक अनुसार फाइजरले प्रतिरक्षा प्रणाली बलियाे बनाउँन तेस्राे डाेज चाहिन सक्ने बताएकाे हाे ।
तर, अमेरिकी खाद्य र औषधि प्रशासन (एफडीसी) तथा राष्ट्रिय रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले भने अहिले तेस्रो डोजको आवश्यक्ता नदेखिएको स्पष्ट पारेको छ ।
फाइजरले तेस्रो डोज दिनुपर्ने प्रक्रिया अघि बढाउन खोज्दा सीडीसी र एफडीसीले थप डेटाको बिश्लेषण गरेपछि मात्रै तेस्रो डोज आवश्यक छ या छैन् भनेर टुंगो लाग्ने बताएको छ । अहिले दुबै डोज लगाएका व्याक्तिहरुलाई तेस्रो डोजको आवश्यक्ता नभएको सीडीसीको भनाइ छ ।
यद्यपि, कोरोना खोपले कति लामो समयसम्म प्रतिरक्षा प्रणालीलाई बलिाये बनाउँछ भन्ने स्पष्ट तथ्यांक नभएका कारण थप डोज आवश्यक हुन्छ या हुन्न भन्ने कुरा अहिले नै टुंगो लाग्ने भने देखिँदैन ।