arrow

२२ सय ३९ जना संक्रमित थपिदा १३ सय १६ जना संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ९५ हजार ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १६ हजार ९  सय २९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ४० पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ५ सय ९० रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३१३ जनाको सङ्क्रमण परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ