arrow

नेपाल प्रहरीका एक एआइजीको पदस्थापन : चारको सरुवा, उपत्यकामा कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
Nepal-Police-new-tt.png

काठमाडौँ । सरकारले नेपाल प्रहरीका हालै बढुवा भएका एक एआइजीलाई पदस्थापन गर्दै चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ ।
 
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले डिआइजी सहकुलबहादुर थापालाई एआईजीमा बढुवा गर्दै मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको थियो । थापाको पदस्थापनसँगै अन्य चार एआइजीहरूको पनि सरुवा भएको हो । 

जसअनुसार उपत्यका हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका एआइजी हरि पालको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ । उनी रानीपोखरीमा २५ मङ्सिर २०७७ मा सरुवा भएर आएका थिए । 

पालको स्थानमा एआइजी प्रद्युम्न कुमार कार्कीलाई पठाइएको छ । यसैगरी एआइजी नीरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ