arrow

चक्रवातबाट बच्न गर्नुपर्ने पूर्व तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
chakrawat.jpg

काठमाडौँ ।  मे र जुन महिनामा छिमेकी मुलुक भारतले अम्फान र निसर्ग जस्ता शक्तिशाली चक्रवातहरुको सामना गर्नु परेको थियो । २०२० मा भारतको पूर्वी समुद्र तटमा अम्फान, तथा २ र ३ जुन २०२० मा मुम्बई लगायत कोंकणको समुद्र तटमा निसर्ग चक्रवातको सामना गर्नुपर्‍यो ।

तीव्र हावाको वेग र मुसल धारे वर्षाको स्वरूप भएको यी चक्रवातहरुको कारण ठुलो-ठूलो वृक्षहरू पनि धराशायी  भए, यसले गर्दा मानिसहरू भयभीत भए । यी चक्रवातहरुका कारण घरहरूको भित्ता भत्किए, छाना उडाए  ठुलो आर्थिक क्षति भएको थियो । विद्युत् खम्बाहरू ढल्नाले धेरै स्थानहरुमा बिजुली आपूर्ति ठप्प भएको थियो । मोबाइल नेटवर्क ठप्प भएको कारण सम्पर्क प्रणालीमा पनि अवरुद्ध भएको थियो । जनजीवन पूर्णतः ठप्प भयो । प्रकृतिको यस्तो भयङ्कर रूप देखेर नागरिकहरू डराए ।

चक्रवात, भारी वर्षा, भूकम्प जस्ता प्राकृतिक विपत्तिहरू कहिले सामना गर्नुपर्छ भनेर भन्न सकिँदैन । यस प्रकारको स्थिति कुनै पनि क्षण उत्पन्न हुन सक्छ । तसर्थ यसको लागि अग्रिम तयारी गर्न आवश्यक हुन्छ । यस दृष्टिले सबै गम्भीरतापूर्वक निम्न कुराहरूको पालन गर्न आवश्यक छ।

प्राकृतिक प्रकोपको दृष्टिले आवश्यक पूर्व तयारी
नयाँ घर बनाउँदै हुनुहुन्छ भने, टिनको छतको सट्टा पक्की (उदा. स्ल्याब) छतको विचार गर्नुहोस् । घरको छानाको रूपमा प्रयोग गरिएको टिन ज्यादै मजबुत लाग्न सक्छ तर चक्रवाती हवाको कारण टिनहरू उडेर जान्छन् । छानामा भएको टिनहरूलाई उडेर जान नदिन बोराहरूमा बालुवा भरेर छानामा राख्नुहोस्; किनकि चक्रवात कहिले आउँछ भनेर भन्न सकिँदैन । (टिनको क्षेत्रफल ५०० वर्ग फिट सम्म छ भने ५ देखि १० किलोको बोरा छानाको चारै कुना र आवश्यकता अनुसार बिचमा राख्नुहोस् । ती बोराहरूको गुणस्तर राम्रो हुनुपर्दछ ।)

यदि घर वरिपरि धेरै पुरानो र जीर्ण रुखहरू छन् भने, तिनीहरूलाई काट्नुहोस् ताकि चक्रवातको समयमा त्यस्ता रुखहरू ढलेर घरको हानि नहोस् । यदि हाई टेन्सन बिजुलीको तार तपाईँको भवन वा घर बाहिर सडकबाट जान्छन् र त्यहाँ रुखहरू छन्, तब वर्षा अथवा हावाको कारण तारमा यी रुखहरू ढल्नाले जीवनहानि पनि हुन सक्छ । त्यस कारण स्थानीय विद्युत् विभागलाई सम्पर्क गर्नुहोस् र उनीहरूलाई विद्युतीय तारको छेउमा रहेको रुखका हाँगाहरु काट्न भन्नुहोस् ।

कुनै पनि प्रकारको विद्युतीय तारहरूको मुनि नउभिनुहोस् साथै त्यहाँ मोबाइलमा कुरा नगर्नुहोस् । त्यहाँ जनवारहरू पनि उभिनु हुँदैन यसमा ध्यान दिनुहोस् । यदि बिजुलीको तारहरूबाट झिल्काहरू (स्पार्खहरु) बाहिर आउँदै छ भने तुरुन्त विद्युत् विभागलाई सूचित गर्नुहोस् । बिजुलीको खम्बा, बिजुलीको तार साथै रुखको तल मोटरसाइकल वा गाडी राखिएको छ भने चक्रवातको कारण खम्बा वा रुख वाहनमाथि खसेर ठुलो हानि हुन सक्छ । त्यसैले वाहन राख्ने वा चलाएर जाने यस्तो कृत्य नगर्नुहोस् ।

वर्षा ऋतुमा अनिश्चित अवधिको लागि बिजुली आपूर्ति बन्द हुन सक्छ । त्यसैले घरमा बत्ती, मैनबत्ती, टर्च, लालटेन आदिको प्रबन्ध गर्नुहोस् । निश्चित गर्नुहोस् कि घरको झ्याल र ढोका राम्ररी बन्द हुन्छ । यदि राम्रोसँग बन्द हुँदैन भने तिनीहरूलाई मर्मत गर्नुहोस् । प्रशासनले समय-समयमा मौसम सम्बन्धित प्रसारण गरेको जानकारीहरूको पालना गर्नुहोस्, बेवास्ता नगर्नुहोस् ।

चक्रवात आउने सन्दर्भमा पूर्व सूचना प्राप्त भएको छ भने आवश्यक सुरक्षात्मक कार्य
यदि हल्का सामग्रीहरू घरको आङन, कौसी, छानामा छ भने त्यसलाई तुरुन्त भित्र ल्याउनुहोस् वा राम्रोसँग बाँधेर राख्नुहोस् । जनावरहरूलाई सुरक्षित ठाउँमा सार्नुहोस् । घरमा पानी र सुख्खा खाद्यान्न राख्नुहोस् ।हावाको गति बढिरहेको छ भन्ने थाहा पाउँदा, ग्यास र यसको मुख्य भल्भ बन्द गर्नुहोस् र चक्रवातको तीव्रता कम नभएसम्म यसलाई खोल्नुहोस्।

 यदि तपाई चक्रवातको समय घरमा हुनुहुन्छ भने के गर्नुपर्छ ?
घरबाट बाहिर नजानुहोस्, कौसी र टिनको छाप्रा भएको क्षेत्रहरूमा नजानुहोस् । नजिकका घरहरूको छत साथै वस्तुहरू हावाले उडाएर क्षति पुग्न सक्छ । झ्याल र ढोका राम्रोसँग बन्द गर्नुहोस् । हावाको वेगको कारण ढोका स्वतः नखोलोस् यसको लागि भारी वस्तुहरू भित्र राख्न सकिन्छ । झ्यालको सिसा फुटेर चोट लाग्न सक्छ । यस कारणले गर्दा झ्याल नजिक नबस्नुहोस्, नसुत्नुहोस् ।

घरको मुख्य बिजुली प्रवाह बटन (मेन स्विच) बन्द गर्नुहोस् । सकेटबाट टिभी, मिक्सर आदि उपकरणहरूको पिन (प्लग) निकालेर राख्नुहोस् । यस समयमा लिफ्ट, एसी, कपाल ड्रायर आदि प्रयोग नगर्नुहोस् । फ्रिजलाई नछुनुहोस् । कहिलेकाहीँ सङ्कटकालमा अफवाहहरू फैलाउँछ; त्यसैले कुनै पनि अफवाहहरूमा विश्वास नगर्नुहोस् । शासन द्वारा आधिकारिक रूपमा प्रसारित सूचनाहरू मात्र विश्वास गर्नुहोस् ।

 घर बाहिर हुँदा अपनाउने आवश्यक योग्य सावधानीहरू
एक सुरक्षित ठाउँ हेर्नुहोस् र चक्रवातको समय त्यहाँ रहनुहोस् । अधिक समयमा रुख, बिजुलीको खम्बा नभएको स्थान सुरक्षित भन्न सकिन्छ । रुख र बिजुलीको खम्बा मुनि नरोक्नुहोस् । यदि तपाई सँग दुईपांग्रो वा चार पाङ्ग्रो छ भने रुख वा बिजुलीको खम्बा भन्दा टाढा कुनै सुरक्षित स्थानमा खडा गर्नुहोस् । चार पाङ्ग्रो वहनको ढोका र झ्यालहरू राम्रोसँग बन्द गर्नुहोस् । वहनको पाङ्ग्रामा ढुङ्गा राख्नुहोस् किन कि चक्रवाती हवाको कारण वाहन गुड्ने सम्भावना हुन्छ ।

सडकमा खसेको रुखहरू नछुनुहोस्; किनकि त्यस्ता रुखहरूमा बिजुलीको तारहरू खस्ने सम्भावना हुन्छ । यदि वर्षाले जताततै ओस उत्पन्न गरेको छ भने कुनै पनि बिजुलीको खम्बा छुनु हुँदैन; किनकि ओसको कारण बिजुलीको झटका लाग्न सक्छ ।

चक्रवात समाप्त भएपछि आवश्यक कार्यहरू
वातावरण सामान्य नभएसम्म घरबाट बाहिर नजानुहोस् । चक्रवात र वर्षाको कारण परिसरमा रुख अथवा बिजुलीको तार चुटिएको छ भने, त्यसलाई स्पर्श नगर्नुहोस् । यस सम्बन्धमा विभाग र विद्युत् विभागलाई सूचित गर्नुहोस् । यदि घरमा ग्यास सिलिन्डरबाट ग्यासको चुहावट छ भने बिजुलीको प्रवाहको मुख्य बटन (मेन स्विच) बन्द राख्नुहोस् । सिलिन्डरलाई हावा चल्ने ठाउँ जस्तै कौसीमा राख्नुहोस् । यदि घरमा ग्यासको गन्ध फैलिएको छ भने बिजुलीको कुनै पनि बटन नदबाउनुहोस् ।

यदि वाहन, विद्युतीय उपकरण, साथै घरमा भएको नयाँ सामग्री, तिनीहरूको बिमा गरेको छ र प्राकृतिक विपत्तिले गर्दा हुने नोक्सानीको क्षतिपूर्ति मिल्छ भने यस्तो अवस्थामा बिमा प्रतिनिधिको मार्गदर्शन लिनुहोस् । क्षतिग्रस्त वस्तुहरूलाई उठाउनु भन्दा पहिला तिनीहरूको तस्बिर लिनुहोस् र पञ्चनामा गर्नुहोस् । आपदको समय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारको हेल्प लाइन नम्बर ०१-४२००२५७ मा सम्पर्क गरेर मार्गदर्शन लिन सकिन्छ ।

 सङ्कटको समय मनोबल कायम राख्न साधनाको कुनै विकल्प छैन, त्यसैले साधनामा ध्यान दिनुहोस् !

आज विज्ञानले सबै क्षेत्रमा प्रगति गरेको हुन सक्छ; तर चक्रवात जस्तो प्राकृतिक आपत्काल रोक्न मनुष्य शक्ति भन्दा बाहिर छ । यस्तो समयमा स्थिर रहेर मनोबल टिकाइ राख्नु नै हाम्रो हातमा छ । यसका लागि दैनिक जीवनमा साधनाको प्रयास गर्नु अनिवार्य छ । साधनाको बलमा सबैभन्दा कठिन परिस्थिति पनि धैर्यताको साथ सामना गर्न सकिन्छ । पाठकहरू, केवल विपत्तिमा मात्र होइन, तर अबदेखि साधना आरम्भ गर्नुहोस् र आफ्नो साथ आध्यात्मिक ऊर्जा (ईश्वरीय बल) को संरक्षण लिएर निश्चित रहनुहोस् !

 पाठकहरूलाई आवाहन !
यहाँ चक्रवातको दृष्टिले केही मार्गदर्शन सूत्र दिएका छन् । यो परिप्रेक्ष्यमा पाठकहरूसँग अनुरोध छ कि केही सूत्र बताउनु छ भने कम्प्युटर वा हुलाक ठेगानामा पठाउनुहोस् ! यसले समाजमा व्यापक दृष्टिले विषय राख्नमा सहायता हुनेछ ।
कम्प्युटर ठेगाना: sanatan.sanstha2025@gmail.com
हुलाक ठेगाना : श्रीमती भाग्य श्री सावंत, द्वारा सनातन आश्रम, २४/बी, रामनाथी, बांदिवडे, फोंडा, गोवा – ४०३४०१



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ