arrow
ADVERTISEMENT

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

logo
एजेन्सी
प्रकाशित २०७८ असार २६ शनिबार
Melamchi-village.jpg.jpeg
फाइल तस्बिर

हेलम्बु। प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन्।

प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन्। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय वासीसँग छलफलपछि गणेश बगर जाँदै छन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलगायत छन्। मनसुन सुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ