arrow

गण्डकीमा सक्रिय संक्रमितः कास्की अझै रेडजोनमा

logo
हरि पन्त, 
प्रकाशित २०७८ असार २७ आइतबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ४९५ जना पुगेको छ । यो जिल्लामा हालसम्म २२ हजार ३४८ जना निको भएर अझै पनि सक्रिय संक्रमितको संख्या ७२२ जना रहेको छ । 

यसले कास्की अझै पनि कोरोना संक्रमणको रेडजोनमा रहेको छ । सरकारले ५०० भन्दा माथि सक्रिय संक्रमित भएको जिल्लालाई रेडजोनमा राख्ने गर्दछ । कास्कीमा अघिल्लो सातामा तुलनामा सक्रिय संक्रमितको संख्या निरन्तर बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक देखाउँछ । 

कास्कीमा लकडाउन खुकुलो बनाइएसंगै घट्दोक्रममा रहेको संक्रिय संक्रमित निरन्तर बढिरहेको छ ।  

अघिल्लो शनिबार साँझ ५ बजेको तथ्यांक अनुसार कास्कीमा ६३१ जना सक्रिय संक्रमित थियो । बढेर हिजो शनिबार साँझ ५ बजेको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या बढेर ७२२ जना पुगेको छ । शुक्रबार ७६८ जना सक्रिय संक्रमित पुगेको कास्कीमा शनिबार भने केही घटेको हो ।  

यस्तै गत आइतबार ६४२, सोमबार ६७५, मंगलबार ६८९ सक्रिय संक्रमित रहेकोमा बुधबार ह्वात्तै बढेर ७३९ जना पुगेको तथ्यांक देखाउँछ । यसैगरी बिहीबार ७०९ र शुक्रबार ७६८ जना सक्रिय संक्रमित पुगेको हो । 

कास्कीमा हालसम्म ४२५ जना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

गण्डकीका अन्य १० जिल्लाका सक्रिय संक्रमितको अवस्था–

गण्डकीमा धेरै सक्रिय संक्रमित रहेको दोश्रो जिल्ला नवलपरासी पूर्व रहेको छ । यो जिल्लामा सक्रिय संक्रमितको संख्या ४९९ जना रहेको छ । शनिबारको तथ्यांकबाट यो जिल्ला रेडजोनबाट पार गरेको छ ।

यस्तै तनहुँ गण्डकीको तेश्रो जिल्ला पर्दछ । तनहुँमा सक्रिय संक्रमितको संख्या ३२६ जना रहेको छ । गण्डकीका पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या १०० भन्दा माथि छन् । जसमा बागलुङमा २९७, लमजुङमा १९७, गोरखामा १९७, पर्वतमा १९१, स्याङ्जामा १९१ र म्याग्दीमा १२६ जना सक्रिय संक्रमित छन् । 

यसैगरी मनाङमा १४ र मुस्ताङमा ३६ जना सक्रिय संक्रमित रहेको संयोजक शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशमा हाल २७ सय ८८ जना सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोना संक्रमिणबाट ज्यान गुमाउनेको कूल संख्या ९९४ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ