arrow

सर्वोत्कृष्ट खेलाडी बने मेस्सी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
argentina-copa-america-2021.jpg

काठमाडौं । अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आइतबार बिहान सम्पन्न कोपा अमेरिकाको फाइनलमा ब्रजिललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि दिलाएका मेस्सी सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । 

फुटबल करियरको उत्तरार्धतिर आइपुगेका मेस्सीले देशलाई करियरकै ठूलो उपाधि दिलाउने क्रममा सर्वाधिक सफल कप्तान र खेलाडीका रुपमा उभ्याउँदै सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् । 

ब्रजिलमा सम्पन्न प्रतियोगितामा अर्जेन्टिनाले १ गोल मात्रै खाएको थियो (पेनाल्टी सुटआउट बाहेक) र १२ गोल गरेको छ । जसमा मेस्सीले ७ खेलबाट ४ गोल गर्नुका साथै ५ गोलका लागि असिष्ट गरेका थिए । 

मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । डियाजले ५ खेलमा ४ गोल गरे । यो प्रतियोगितामा सर्वाधिक म्यान अफ द म्याच हुने मेस्सीले चार पटक म्यान अफ द म्याचको उपाधि पाएका थिए । 

उनले विभिन्न कीर्तिमान राखेका छन् । ती कीर्तिमानमा अर्जेन्टिनाबाट सर्वाधिक १ सय ५१ अन्तराष्ट्रिय क्याप पूरा गरेका छन् । उनी ६ संस्करणको कोपा खेल्ने पहिलो अर्जेन्टिनी खेलाडी हुन् । 

उनी एकै प्रतियोगितामा सर्वाधिक एसिस्ट गर्ने पहिलो खेलाडी हुन् । जसले कोपामा ५ गोलको अवसर सिर्जना गरेका छन् । 

३४ वर्षीय मेस्सीले अर्जेन्टिनालाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भए । ६ पटकका बालोन डेओर विजेता मेस्सी यसपालिको बालोन डेओरका एक्ला प्रतिस्पर्धी खडा भएका छन् । 

उनले पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् । अहिलेसम्म सात पटक बालोन डेओर कसैले जितेको छैन । स्पेनिश क्लब बार्सिलोनाबाट व्यवसायीय फुटबल खेल्दै आएका मेस्सीले यसपालि क्लबसँग नवीकरणसमेत गरेका छैनन् । 

मेस्सीलाई सर्वाधिक ठूलो सफलता, अर्जेन्टिनालाई कोपा अमेरिका दिलाउन सफल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ