arrow

गण्डकीका दुई मन्त्रीले पाए जिम्मेवारी : एक महिनापछि मनाङेलाई दिइयो मन्त्रालय

गण्डकी प्रदेश सरकारमा मनाङे र आचार्यले पाए मन्त्रालयको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
dipak-manage.jpeg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुई मन्त्रीलाई जिम्मेवारी दिएका छन् । मन्त्री बनेको करिब एक महिनापछि उनीहरूले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

एक महिनासम्म विना विभागीय मन्त्री बनेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मनाङे अघिल्लो सरकारमा पनि खेलकुद मन्त्री बनेका थिए । दुवै जना मन्त्रीले पदभार ग्रहण पनि गरिसकेका छन् ।

योसँगै गण्डकीमा चार जना मन्त्रीको जिम्मेवारीको टुङ्गो लागेको छ । कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ