arrow

वामदेवको माग : राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्रीको अवसर दिनुपर्छ

‘म ओलीतिर गएको छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
bamdev-rastrasava.jpg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचको विभेद अन्त्य गर्न माग गरेका छन् ।

उपाध्यक्ष गौतमले आफूले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरुका बीचमा विभेद रहेको उल्लेख गर्दै राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भनी विगतमा पनि आवाज उठाउँदै आएको बताए ।

नेपालको संविधानले प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेकाले अब राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्रीको अवसर पाउनुपर्ने बताएका हुन् ।

आइतबार राष्ट्रिय सभामा बोल्दै उनले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामै बजेट प्रस्तुत र पारित गर्ने व्यवस्था गर्नुपर्ने पनि बताए ।

संसारमा हाम्रो देशमा मात्र बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरुले शासन गर्नु हुँदैन भन्ने व्यवस्था हटाउन संविधान संशोधन गरौं भन्दा आफ्नो चरित्र हत्या भएको पनि स्मरण गरे । उनले आफू अझै पनि उक्त मागमा स्पष्ट रहेको बताए ।

राष्ट्रिय सभा संघीय संसदको अभिन्न अंग भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्ने र पारित गर्ने व्यवस्थाका लागि कानुनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनको माग थियो ।

फरक प्रसंगमा गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर गएको भनेर गरिएको हल्ला हल्ला मात्र भएको बताए । उनले आफू अझै तठस्थ रहेको बताए ।  उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ