arrow

१,८३१ नयाँ संक्रमित थपिदा १,५३३ जना संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
corona-nepal-1618404789.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८सय ३१ जनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ९९ हजार ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ८२ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १ सय ७३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा ५, ५३५  पीसीआर र ३, ६८३ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ