arrow

एआइजीमा बढुवा भएका थापाले लगाए दर्ज्यानी चिन्ह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
Sahakul-thapa-aig-police.jpg

काठमाडौं। नेपाल प्रहरीको एआइजीमा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा एआइजीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

थापा मन्त्रिपरिषद्को २४ असारको निर्णयअनुसार डिआइजीबाट एआइजीमा बढुवा भएका थिए । सो क्रममा प्रहरी महानिरीक्षक थापाले बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्धता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।

उनले सङ्गठनको थप सुदृढीकरण र विकासका लागि व्यावसायिकता र पेसागत धर्ममा रहँदै कार्य गर्नु पर्नेमा समेत जोड दिए । 

दर्ज्यानी चिन्ह ग्रहण पश्चात् एआईजी थापाले सरकार एवम् प्रहरी सङ्गठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ सङ्गठनको उद्देश्य प्राप्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ