arrow

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध शंख फुक्दै विद्यार्थीहरु सडकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
studentss.jpg

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विपक्षी गठबन्धन आबद्ध विद्यार्थी संगठनहरु सडकमा निस्किएका छन् ।

विपक्षी गठवन्धनमा आबद्ध नेविसंघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, लगायतका विद्यार्थी संगठनले आइतबार पेट्रोलियम पदार्थको मुल्य बृद्धीबिरुद्ध शंख फुकेर विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलामा भेला भएका उनीहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन पनि घोषणा गरेका छन् ।

जसअनुसार २८ असारमा नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, २९ असारमा पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्यांकर संचालन गर्न नदिने तथा ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ