arrow

संक्रमणबाट विदेशमा थप १२ नेपालीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
corona-variant.jpg

लण्डन  । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना  नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।  

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार शनिवार साँझ ( १० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन् ।

संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर,  भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।  

यसैबीच नेपालमा हालसम्म ६ लाख ५५ हजार ४ सय ४९ जना संक्रमित पुगेकोमा ९४  दशमलव ६ प्रतिशत अर्थात ६  लाख १९ हजार ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिवार  सांझसम्म ९ हजार ३ सय ८२ जनाको निधन भएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ