- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ औँ वर्षमा प्रवेश गरेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सकारात्मक र सबल हुँदै” भन्ने मूल नाराका साथ १५औँ वार्षिकोत्सव आफ्नै कार्यालय सिटी एक्सप्रेस कम्प्लेक्स, कमलादीमा सानो समारोह बीच सम्पन्न गरेको छ।
उक्त समारोहमा “न एती न उति सिधै लखपति” योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई दस लाखको चेक हस्तान्तरण गरेको छ।
साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनीय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरेको छ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।