arrow

आन्दोलनमा उत्रिएका पाँच विद्यार्थी संगठनलाई आयल निगमले वार्तामा बोलायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं। पेट्रोलियम पदार्थको मृल्यवृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका पाँच विद्यार्थी संगठनलाई नेपाल आयल निगमले वार्ताका लागि बोलाएको छ ।

निगमका प्रवक्ता विनित मणि उपाध्यायका अनुसार पाँच विद्यार्थी संघका अध्यक्षहरुलाई असार २८ गते सोमबार दिउँसो १ बजे छलफलका बोलाइएको हो ।

निगमले नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु (एमालेको माधव नेपाल पक्ष)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेललाई वार्ताका लागि बोलाएको हो।

निगमले पछिल्लो पटक असार २२ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको थियो।

निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले आन्दोलन घोषणा गरेका थिए। उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै असार २४ गते निगमलाई ज्ञापनपत्र समेत बुझाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ