arrow

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दाको पेशी चढ्यो, सोमबार नै फैसलाको संभावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज सोमबारका लागि उक्त मुद्दाको पेशी तोकेको छ । आज नै फैसला आउन सक्ने संभावना छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको उक्र मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको हो ।

दुबै पक्षको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राख्दै गत सोमबार आजका लागि पेसी तोकिएको थियो । तर आज सोमवार नै फैसला आउने नआउने निश्चित छैन् । यद्यपी, यसअघि गत फागुन ११ गते संवैधानिक इजलासले निर्णय सुनाउने दिन नतोकी फैसला सार्वजनिक गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि शुरु गरेको अन्तिम सुनुवाइ सबै पक्षको बहसपछि गत सोमबार टुंगिएको थियो ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

त्यसको विरोधमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री नियुक्तिको माग राख्दै प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षर सहित सर्वोच्चमा रिट हालेका थिए ।

तर रिट निवेदक, सरकारी वकिलको बहस, जवाफी बहस साथै एमिकस क्युरीका सदस्यहरुको राय दिने काम सकिएकाले फैसला आउन सक्ने अनुमान पनि गरिएको छ । बहसका तर्क, तथ्य, पेश भएका नजिर, विदेशी सन्दर्भ सामग्री र बहस नोट न्यायाधीशहरुले अध्ययन गरिसकेकाले आजै फैसलाको संभावना बढेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ