arrow

बुधबारसम्मै वर्षा, कहाँ कति पानी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारसम्मै देशभर वर्षा हुने जनाएको छ । महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै वर्षा भइरहने जनाएको हो । 

महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही  स्थानहरुमा र  बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघ घर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गरी जनाएको छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन,चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको पनि जनाएको छ । 
 
कहाँ कति पानी पर्यो ? 

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी डडेलधुरामा ६६ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ६०.९ मिलिमिटर वर्षा भएको छ । 

त्यस्तै ताप्लेजुङमा ३५.७, पोखरामा ३१.९, दिपायलमा १७, जुम्लामा २.५, विराटनगरमा १.६, धनगढी र वीरेन्द्रनगरमा समान १.५, काठमाडौंमा १.३, नेपालगञ्जमा ०.६, घोराहीमा ०.५, ओखलढुंगामा ०.७, सिमरामा ०.३, धनकुटा ०.१ मिलिमिटर वर्षा भएको छ । 

यस्तो हुनेछ मंगलबारको मौसमी पूर्वानुमान
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङ्गसहित धेरै भारी वर्षाको पनि संभावना रहेको  छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना पनि रहेको छ।

 यस्तो हुनेछ बुधबारको मौसमी पूर्वानुमान
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ। प्रदेश १ का १–२ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना पनि रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। प्रदेश १ का १–२ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ