arrow

विश्वका प्रभावकारी महिलाको सूचिमा परेकी उमादेवीलाई शान्ति समाजले पुरस्कृत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
umadevi-badi.jpg

काठमाडौँ ।  मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७  उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरेको छ । हाल सुदूरपश्चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकार-सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको मानव अधिकार तथा शान्ति समाजका सभापति  गोविन्द खनालले बताए ।  

 २०७८ मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु. १ लाख १० हजार पुरस्कार राशि र सम्मान पत्रसहित वादीलाई पुरस्कृत गरिने छ ।

२०१८ साल फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिको संयोजकका रूपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् । सो आन्दोलनको परिणामस्वरूप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।

 विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बिबिसीले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाको सूचिमा १० औँ स्थानमा राखेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ