arrow

सर्वोच्चको ऐतिहासिक फैसला

सर्वोच्चद्वारा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी (पूर्णपाठ)

ओलीले गरेको संसद् विघटन बदर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
supreme-court-constitution-bench.jpg

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ। इजलाशले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छI

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको हो। पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनर्स्थापित भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले  दुई दिन भित्र देउवालाई प्रधानमन्त्री बनाउन र साउन ३ गते संसद् बोलाउन आदेश दिएको छ। धारा ७६को उपधारा ५ लाई व्याख्या गर्दै  मतदान गर्ने सांसदलाई ह्विप नलाग्ने सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला  गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ