arrow

योगेश भट्टराईद्वारा सर्वोच्च अदालतको आदेशको स्वागत र एमाले एक रहनेमा विश्वास व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
yogesh-bhattrai3.jpg

काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वोच्च अदालतको आदेशको स्वागत गरेका छन्। उनले बदलिएको परिस्थितिमा एमाले संसद भित्र र बाहिर एक ढिक्का रहने विश्वास पनि व्यक्त गरेका छन्। 

समाजिक संजाल फेसबुकमा लेख्दै उनले आइतबार भएको १० बुँदे सहमतिलाई पनि कार्यान्वयन गर्न र ईमान्दारिता र धैर्यताका साथ अघि बढ्न आव्हान गरेका छन्। उनले एमालेको एकतामा जोड दिएका छन्। 

उनले फेसबुकमा लेखेका छन् -'सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन: स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु । हिजो भएको १० बुँदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यान्वयन गर्दै नेकपा एमालेलाई संसद्भित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ