सातलाई हटाएर पाँच प्रदेश, हिन्दीलाई सम्पर्क भाषा बनाउन सद्भावनाको अपिल
रेशम चौधरीलगायत अन्य कार्यकर्ताको झुटा मुद्दा खारेज गरेर सकुशल रिहाइ गर्न सरकारसँग माग
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
700
Shares
काठमाडौँ। नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष रामकुमार महतोले हिन्दी भाषालाई राष्ट्रिय सम्पर्क भाषा बनाउन अपिल गरेका छन् । सोमवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महतोले २२ बुँदे माग प्रस्तुत गर्दै सरकारसँग यस्तो अपिल गरेका हुन् ।
पत्रकार सम्मेलनमा महतोले भने, ‘हिन्दी भाषालाई नेपालको राष्ट्रिय सम्पर्क भाषाको रूपमा संविधानमा दर्ता गराउनुपर्छ ।’ अध्यक्ष महतोले नागरिकता प्रमाण-पत्रको समस्या दिन-प्रतिदिन जटिल अवस्थामा गइरहेको उल्लेख गरे । उनले भने, ‘नागरिकताको समस्या रोजी-रोटीसँग जोडिएको छ ।’ नागरिकताको समस्या समाधान र समान नागरिकको अधिकारको लागि भएको उनको भनाई थियो ।
राज्यको पुर्न संरचना गरेर काठमाडौँलाई केन्द्र बनाएर स्थानीय र सात प्रदेशलाई हटाएर पाँच प्रदेश मात्र बनाउनुपर्नेमा उनले जोड दिए । ‘काठमाडौँ उपत्यकाका आसपासका क्षेत्रलाई केन्द्र शासिक प्रदेश बनाउनु पर्ने र पूर्वी पहाड प्रदेश, पश्चिमी पहाड प्रदेश, पूर्वी मधेस प्रदेश र पश्चिम मधेस प्रदेशलाई स्वायत्त प्रदेश बनाउनुपर्छ ।’-उनले भने ।
उनले अप्रमाणित मुद्दामा षड्यन्त्रपूर्वक वर्षौँदेखि जेलमा राखिएका मधेसी नेता रेशम चौधरीलगायत अन्य कार्यकर्ताको झुटा मुद्दा खारेज गरेर सकुशल रिहाइ गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा अध्यक्ष महतोले संवैधानिक र राजनीतिक उच्च पदको लागि कार्यकालको निश्चित गर्नुपर्नेमा जोड दिए । उनले भने,‘उमेर हद्दको सीमा एवं न्यूनतम ज्ञान मापदण्ड कायमको लागि हो ।’ उनले नेपाल सरकार र मधेसको बिचमा भएको २२ र ८ बुँदे सम्झौताको पूर्ण व्यवहारिक कार्यान्वयन गर्नुपर्ने बताए । जर्बजस्ती जारी भएको संविधान नेपालको पुरै जनताको लागि हो भन्दै महतोले आफूहरूको सङ्घर्ष संविधान संशोधनको लागि भएको जानकारी दिए ।
समाजवादमा व्यक्तिवाद हुँदैन भन्दै उनले देशको समग्र क्षेत्रमा व्याप्त व्यक्तिवाद, निजीबाट, परिवारवाद, नातावाद र कृपावादको अन्त्य गरिनुपर्ने जिकिर गरे ।