arrow

कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक : नेपाल निकट नेताहरू भने बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि थप रणनीति बनाउन विपक्षी गठबन्धन आबद्ध पाँच दलको बैठक बस्दै छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धन आबद्ध नेताहरूको बैठक बस्न लागेको हो ।
 
बैठकमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू नेपाल निवास जाँदै छन् भने केही नेता पुगिसकेका छन् । 

तर, नेता नेपाल निकट नेता भीम रावल र सुरेन्द्र पाण्डेसहितका केही नेता भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न बालुवाटार गएका छन् । स्रोतका अनुसार रावलसहितका केही नेताहरू भने ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । 

सर्वोच्चले सोमवार नै विपक्षी गठबन्धन आबद्ध दलका नेताहरु सहितले हालेको रिटको पक्षमा फैसला गरेको थियो । सो रिटमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरिएको छ । 

सर्वोच्चको सो आदेशपछि अगामी बाटोबारे तय गर्न विपक्षी गठबन्धनका नेताहरू छलफलमा बस्न लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ