arrow

देउवाको शपथ मङ्गलवार ४ बजे पछि : बिहान ओलीको राजीनामा !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
oli-deuba.jpg

काठमाडौँ । प्रधानमन्त्रीमा १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा दाबी प्रस्तुत गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शपथग्रहण भोलि मङ्गलवार अपराह्न ४ बजे पछि हुने भएको छ । 

१४६ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका तर्फबाट देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको थियो । सर्वोच्च अदालतले सोमवार सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश भइसकेको छ । सर्वोच्चको सो अन्तरिम आदेशपछि देउवालाई प्रधानमन्त्रीमा पदमा शपथ गराउने तयारी भएको उच्च स्रोतले जनाएको छ ।

भोलि बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा आउने बालुवाटार स्रोतले जनाएको छ ।  ‘प्रधानमन्त्री ओलीले भोलि बिहानै राजीनामा गर्दै हुनुहुन्छ,’ बालुवाटार स्रोतले हाम्रा कुरासँग भन्यो ।

 अहिले भने विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । सरकार निर्माण सहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा गठबन्धन आबद्ध दलहरूबिच कोटेश्वरमा छलफल भइरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ