arrow

विपक्षी गठबन्धनबाट माधव नेपाल बाहिरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले पाँच दल आबद्ध विपक्षी गठबन्धनबाट बाहिरिने निर्णय गरेका छन् । 

विपक्षी गठबन्धन आबद्ध दलको कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने सुनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

सो बैठकमा नेता नेपालले अबको राजनीतिक अवस्था फरक बनिसकेकाले देउवालाई नेकपा एमालेलाई पनि सँगै मिलाएर अघि बढ्न सुझावसमेत दिएका छन् ।

‘संविधान रक्षाका लागि एक ठाउँ उभिएका थियौँ, अहिले फरक स्थिति बन्यो, अब नेकपा एमालेलाई पनि मिलाएर अघि बढ्नु होला,’नेता नेपालले बैठकमा देउवालाई आग्रह गर्दै भनेका छन् । 

नेपालले अब आफू एमाले एकताका लागि कार्यदलले गरेको सहमति अनुसार अघि बढ्ने भन्दै गठबन्धनबाट बाहिरिने निर्णय गरेको सुनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ