arrow

खोप भण्डारण गर्ने पर्याप्त क्षमता छ, गुणस्तर खस्किँदैन : स्वास्थ्य मन्त्रालय

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ असार २९ मंगलबार
Vaccine-Covid-Corona-Nepal_1618133095.jpg

काठमाडौं । सोमबार मात्रै कोभ्याक्स सुविधामार्फत उपलब्ध १५ लाख डोज खोप नेपाल आइपुगेको छ । अमेरिकी सरकारको पहलमा जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप नेपाल आइपुगेको हो ।

यस्तै सरकारले चीनबाट खरिद गरेको खोपमध्ये पहिलो लटमा करिब १० लाख डोज खोप पनि नेपाल आइपुगिसकेको छ ।

सरकारले चीनबाट खोप खरिद गरेसँगै निरन्तर खोप ल्याउने बताएको छ । यद्यपि, खोप आउनेभएसँगै खोप भण्डार क्षमता छ या छैन, भनेर समेत प्रश्न उत्पन्न भइरहेका छन् । भेरोसेल र जेन्सेन खोपलाई न्युनतम २ डिग्री तापक्रममा भण्डारण गर्नुपर्छ । सोही अनुसार भण्डारण नगरिए खोपको प्रभावकारिता एवं गुणस्तर खस्कन सक्छ ।

यद्यपि, यस्तो कुनै समस्या नआउने स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले खोप भण्डारण गर्न पर्याप्त क्षमता रहेको बताएका छन् । उनले सामान्य अवस्थामा देशभर ५० लाखभन्दा बढी खोप भण्डारण गर्ने क्षमता रहेको बताएका छन् । 

यस्तै स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले पनि खोप भण्डारका लागि समस्या नहुने बताए ।

खोप काठमाडौं भित्रिने बित्तिकै बाहिर प्रदेशहरूमा पठाइने हुँदा त्यहाँ भण्डारण कक्ष हुँदा समस्या नहुने डा. शर्माको भनाइ छ ।

खोप भण्डारण क्षमता र ओसारपसारका लागि तापक्रममा तलमाथि नहुने भनेपछि खोपको गुणस्तर नखस्किने विश्वास गर्न सकिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ