arrow

प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई शपथको तयारी, सानो आकारको मन्त्रिपरिषद् गठन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौं । सर्वोच्च अदालतको सोमबारको फैसला अनुसार आज मंगलबार प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शपथ लिने भएका छन्। यो संगै देउवा पाँचौं पटक प्रधानमन्त्री बन्ने भएका हुन् ।

राष्ट्रपति कार्यालयले देउवाको नियुक्ति र शपथको तयारी गरेको छ। सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएको थियो।

सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीको सपथसँगै मंगलबार सानो मन्त्रिपरिषद् गठन हुने जानकारी दिएका छन् । मन्त्रिपरिषद् गठनको पहिलो चरणमा गठबन्धनमा रहेका सबै दललाई समेटेर अघि बढ्ने तयारी रहेको पनि उनले बताए ।

यद्यपी, मन्त्रीहरुमा को को सहभागी हुने भन्ने विषयमा शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।सर्वोच्चको फैसलालगत्तै गठबन्धनबाट एमालेको माधव कुमार नेपाल पक्ष भने बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ