arrow

उपत्यकामा १६ मिलिमिटर पानी, देशैभर वर्षा, तीन दिन फेरि लम्बियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
weather-cloud.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म देशभर वर्षा हुने जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले मनसुन सक्रिय रहेकाले थप तीन दिन वर्षा हुने जनाएका हुन् । 

उनले सोमबार राति देशका सबै क्षेत्रमा वर्षा भएको जानकारी दिए । भारी वर्षा पनि सबै प्रदेशका केही क्षेत्रहरुमा भएको उनले जनाए । काठमाडौं उपत्यकामा सोमबार राति १६ मिलिमिटर वर्षा भएको प्रधानाङ्गले बताए । मंगलबार पनि थप वर्षा हुने उनले जनाए । 

मनसुन सक्रिय रहेकाले तत्काल वर्षा रोकिने सम्भावना छैन । केही समय मौसम सफा देखिए पनि तत्काल फेरि सामान्य बदलीमा परिणत हुने मौसमविद् प्रधानाङ्ग बताउँछन् । 

मंगलबार बिहान देशभर सामान्य बदली रही  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भएको छ। 

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने राति पनि तिनै स्थानहरुमा वर्षा हुनेछ । 

कति पानी पर्यो कहाँ ? 
पछिल्लो २४ घण्टामा दिपायलमा २५.५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै काठमाडौं दोस्रो स्थानमा रह्यो । काठमाडौंमा १६, घोराहीमा ११.२, जनकपुरमा १०.४, पोखरामा १०.३, जुम्लामा ४.३, ताप्लेजुङमा २.५, डडेलधुरामा २ तथा ओखलढुङ्गमा १.४ मिलिमिटर वर्षा भएको छ । 


यस्तोछ बुधबारको पूर्वानुमानः 
 देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना पनि रहेको छ।

 यस्तो छ बिहीबारको पूर्वानुमानः 
देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर(पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ