arrow

अदालतको फैसलासँगै महान्यायाधिवक्ता बडालले ओलीलाई बुझाए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
ramesh-badal.jpg

काठमाडौँ । सरकारका कानूनी सल्लाहकार रमेश बडालले  पदबाट राजीनामा दिएका छन् ।  

सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष मंगलवार पदबाट राजीनामा बुझाएका हुन् ।  बडालले भने, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।”

सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उनले तीन महिना २१ दिन काम गरे ।  

सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो । 



नयाँ