arrow

कांग्रेस र माओवादी केन्द्रबाट मन्त्री बनाउने नेताको नामबारे देउवा र दाहालबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
prachanda-deuba.jpg.jpeg

काठमाडौं । नयाँ मन्त्रिपरिषद् गठन गर्नेबारे नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलका क्रममा शुरुवातमा मन्त्रिपरिषद सानो र चुस्त बनाउने विषयमा दुई नेताबीच छलफल भएको हो ।

अध्यक्ष प्रचण्डले पहिलो चरणमा जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ र वर्षमान पुन ‘अनन्त’ मध्ये एक जनालाई मन्त्री बनाउने योजना बनाएका छन् । तर ति नामहरु भने उनले सार्वजनिक गर्न चाहेनन् ।

देउवा र प्रचण्डबीच सिंहदरबारमा आधा घन्टा भएको छलफलमा अन्य समसामयिक राजनीति र भावी दिनमा चालिने कदमका बारेमा पनि कुरा भएको थियो ।

यता देउवाले कांग्रेसका तर्फबाट मन्त्री बनाउने विषयमा महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्ण बहादुर खड्कालगायतका नेताहरुसँग परामर्श गरिसकेका छन् ।

पहिलो चरणमा कांग्रेसबाट प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, डा.मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, डा.नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौलामध्ये दुई जनालाई मन्त्री बनाउने योजनामा छन् । तर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ