arrow

नेपाललाई १६ लाख खोप दिने जापानको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
corona-vaccine-covid.jpg

काठमाडौं । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।

जापानका विदेश मामिलाका मन्त्री मोटेगी तोशिमिट्सुले मङ्गलवार कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यस्तै नेपाल स्थित जापनीज दूतावासले  आउँदो महिना (जुलाईको मध्य र अगस्तको अन्तिमतिर) नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएको छ ।

खरिद व्यवस्था सकिएपछि खोप कहिले नेपालमा अवतरण गर्ने भन्ने मिति टुङ्गो लाग्ने दूतावासले जनाएको छ । कोरोना भाइरसको महामारीकाबेला जापानले विभिन्न माध्यमबाट नेपाललाई सहयोग गर्दै आएको छ । 

यसबीच जापनले १६ लाख डोज खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ