arrow

गण्डकीमा ६ जनाको मृत्यु, ३ सय ४४ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा मङ्गलवार ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र चार जना पुरुष छन् । 

जसमा पाँच जनाको मृत्यु पोखरामा र एक जनाको मृत्यु चितवनमा भएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

मृत्यु हुनेमा नवलपरासी पूर्व, तनहुँ, बागलुङ, स्याङ्जा, म्याग्दी र लमजुङका एक एक जना छन् । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको कूल सङ्ख्या एक हजार आठ जना पुगेको छ । 

गण्डकीमा मङ्गलवार ४४८ जना संक्रमित निको भएको संयोजक शर्माले जानकारी दिए । 

यसैबिच कास्कीमा १४९ जनासहित गण्डकीमा मङ्गलवार ३४४ जना संक्रमित थपिएका छन् । योसहित गण्डकीमा कूल संक्रमितको सङ्ख्या ५९ हजार ७८५ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ