arrow

 सूचना सच्चिएपछि देउवाले लिए शपथ: देउवा पाँचौ पटक प्रधानमन्त्री (तस्बिर)

देउवासँगै चार मन्त्रीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
deuba-oath-cabinet-3.jpg
तस्बिर : रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।  मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले देउवालाई शपथ गराएकी हुन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । तर सो क्रममा जारी सूचनामा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले सपथको भाषा सच्याउन आग्रह गरेका थिए ।

देउवाको सो आग्रह र अडानपछि राष्टपति कार्यालयले सूचना सच्याएर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्दै शपथ गराएकी हुन् । यो सँगै देउवा पाँचौ पटक देशको प्रधानमन्त्री बन्न सफल भएका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

देउवासँगै कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनादर्न शर्मा प्रभाकर र ऊर्जामन्त्रीका रुपमा पम्फा भुसालले पनि शपथ लिएका छन् । 

​​​​​​



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ