arrow

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, ओली र नेपालबीचको संवाद अनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
oli-nepal-meet-second.jpg

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुपरेका कारण मंगलबार स्थगित भएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ ।

मंगलबार हिजो दिउँसो १ बजे निर्धारित बैठक दुई बजेको ओलीको सम्बोधनका कारण स्थगित गरिएको र उक्त बैठक आज बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ । तर सर्वोच्च अदालतको आदेशपछि पार्टी अध्यक्ष ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग थप रुष्ट देखिएको छ ।

नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ समारोहमा मंगलबार साँझ शीतल निवास पुगेका नेपाल र शपथको बहिष्कार गरेर बसेका ओलीबीच हुने भनिएको संवाद पनि तत्कालका लागि टरेको छ । विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनु परेपछि संस्थापन पक्ष रुष्ट बनेको हो ।

अझ शपथ समारोहमै गएर देउवालाई बधाई दिन भ्याएका नेता नेपालप्रति ओली पक्ष ‘फायर’ भएको छ । विपक्षी गठबन्धनबाट बाहिरिएपनि देउवालाई विश्वासको मत दिने प्रतिबद्धता जनाएका नेपाल र ओलीबीच पार्टी एकता गराउने सम्बन्धमा संवाद अनिश्चित जस्तै बनेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ