- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको डेल्टा र डेल्टा प्लसपछि नयाँ भेरियन्ट पनि आएको छ । उक्त भेरियन्टलाई ‘कप्पा’ दिइएको छ । यो भाइरस भारतको राजस्थानमा देखिएको छ ।
कप्पाबाट राजस्थानमा अहिलेसम्म ११ जना बिरामी पुष्टि भएका छन् । प्रदेशका स्वास्थ्य मन्त्री डा. रघु शर्माले राजस्थानमा अहिलेसम्म ११ काप्पाका बिरामी भेटिएको बताएका हुन् । उनले ४–४ जना जयपुर र अलवरका, २ जना बान्डमेर र १ जना भीलवान्डाका रहेको बताए ।
यो अन्य भेरियन्टका तुलनामा निकै तीव्र गतिमा फैलिन्छ र निकै छिटो संक्रमित गर्छ । डेल्टा भेरियन्टलाई खतरनाक मानिन्छ । यो तीव्र गतिमा मानिसमा फैलिन्छ र धेरै समयसम्म रहन्छ ।
त्यस्तै अल्फा भेरियन्ट सामान्य नोभल कोरोना भाइरसभन्दा तीव्र गतिमा फैलिन्छ ।