arrow

देश र जनताको सपना पूरा गर्न परिणाम निकाल्ने गरि काम गरौं : मन्त्री भुसाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
Pampha-bhusal-ministree.jpg

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आफूसँग व्यक्तिगत कुनै स्वार्थ नभएकाले परिणाम निकाल्ने गरि काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

बुधबार  पदबहालीका क्रममा मन्त्रालयका सचिव, विभागीय प्रमुखहरू, सहसचिवहरूसहितको बैठकमा आफ्नो धारणा राख्दै  देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्न राम्रो परिणाम निकाल्न सबैलाई आग्रह समेत गरिन् ।

उनले भनिन्, ‘जनताको छोरी हुँ, जनताको जनयुद्वबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छु, मिलेर काम गरौं, जनताका काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।’

काममा कुनै पुर्वाग्रह नराख्ने उल्लेख गर्दै उनले लोडसेडिङको समस्या सधैंका लागि अन्त्य गर्न र सबै ठाउँमा विजुलीको पहुँच पुर्याउनेगरी काम गर्ने पनि प्रतिबद्धता जनाइन ।

नेपाल कृषि प्रधान देश भनिएपनि सिंचाईको ठूलो समस्या यथावत रहेकाले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्याउनेमा लक्ष्यका साथ काम गर्ने बताइन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ