arrow

विपक्षीको अवरोधकै बीच गण्डकी प्रदेशको बजेट पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
gandaki-padeshshava.jpg

पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट विपक्षी एमालेको अवरोधकै बिच बहुमतले पारित भएको छ । यसअघि एमाले सांसदले छलफलका क्रममा अवरोध गरेपछि मार्सल लगाएर प्रदेशसभामा विनियोजन विधेयक पारित गराइएको थियो ।

लगत्तै सभामुख नेत्रनाथ अधिकारीले बजेट निर्माणार्थ प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यस समयमा एमालेका सांसद सदनबाट बाहिरिएका थिए । बहुमतका आधारमा बजेट पारित भएको घोषणा सभामुख नेत्रनाथ अधिकारीले गरे ।

बजेटमा सत्तापक्षका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गरेपछि पारित भएको छ । यसअघि एमालेले बजेट पास गर्न नदिने रणनीति बनाएको थियो ।

आफ्नो कुरा नसुनेपछि एमाले सांसदहरू केहिबेर नाराबाजी गरेर सदनबाट बाहिरिएका थिए । आफ्नो सरकारको पालामा ल्याएका राम्रा योजनाको बजेट काटेकोमा उनीहरूको आपत्ति थियो ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब तीन करोड ९४ लाख २७ हजारको बजेट प्रस्तुत गरेको थियो । 

उक्त बजेट चालुतर्फ ४३.५ प्रतिशत ले १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार र पुँजीगततर्फ भने ५५.७ प्रतिशत अर्थात् १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए । त्यसै गरी वित्तीय व्यवस्थातर्फ २४ करोड (०.८ प्रतिशत) छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान सात अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान चार अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख रहेको पोखरेलले जनाए । 

यस्तै राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टीबापत प्राप्त हुने ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने चार अर्ब ९८ करोड २७ लाख २७ हजार व्यहोर्दा चार अर्ब १० करोड न्यून हुने उनले जनाए ।

न्यून बजेट पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात दुई अर्ब १० करोड उपयोग गर्ने नगद मौज्दात उपयोग गर्दा पनि अपुग हुने दुई अर्बमध्ये आन्तरिक ऋणबाट एक अर्ब र नेपाल सरकारसँगको ऋणबाट एक अर्ब व्यहोरिने योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ