arrow

प्रधानमन्त्री देउवा माधव नेपाल निवासमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार ३० बुधबार
deuba-pm-nepal.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल निवासमा पुगेका छन्। प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। अहिले प्रधानमन्त्री देउवा र नेता नेपालबिच कुराकानी भइरहेको प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। 

‘समसामयिक राजनीतिक अवस्था र देशको परिस्थितिका विषयमा संवाद हुँदै छ।’ प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले हाम्रा कुरासँग भने। प्रधानमन्त्रीमा एमालेको नेपाल समूहले देउवालाई सघाएको थियो। देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनमा नेपालको नेतृत्वमा २३ सांसदले हस्ताक्षर गरेका थिए।

साउन ३ गतेबाट संसद् सञ्चालनमा आउनेछ। संविधानको धारा ७६ (५) अनुसार सरकारले एक महिना भित्र विश्वासको मत लिनुपर्ने छ। सरकार गठनमा सहयोग गरेका नेपालसँग विश्वासको मतका लागि पनि सहयोग माग्न प्रधानमन्त्री देउवा नेपाल निवास पुगेको स्रोतको दाबी छ। गठबन्धनबाट बाहिरिएको घोषणा गरे पनि नेपाल प्रधानमन्त्री देउवाको शपथ कार्यक्रममा भने सहभागी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ