arrow

भारतद्वारा चीनमा उत्पादित ताररहित उपकरण आयातमा रोक

logo
एजेन्सी
प्रकाशित २०७८ असार ३१ बिहिबार
china-devices-blocked-india.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। भारतले चीनमा उत्पादित ताररहित उपकरणहरू आयातमा रोक लगाएको छ। भारत सरकारले चीनमा उत्पादित ब्लुटुथ स्पिकर, ताररहित इयरफोन, स्मार्टफोन, स्मार्टवाच, ल्यापटप जस्ता तारहित उपकरणहरू आयातमा रोक लगाएको छ।

भारतले यस्ता सामग्री आयातका विषयमा निर्णय गरेर चीनमा उत्पादित विद्युतीय ताररहित उपकरणमा रोक लगाउन चाहेको विश्लेषण गरिएको छ।

भारत सरकारले यस विषयमा निर्णय नगरेर चीनमा उत्पादित सिओमी, ओप्पो, भिभो, लिनोभो जस्ता विद्युतीय  उपकरणहरू बजारमा प्रक्षेपण हुन ढिलाइ भइरहेको छ।

भारतमा सूचना मन्त्रालय अन्तर्गत वायरलेस प्लानिङ एण्ड कोअर्डिनेसन (डब्लुपीसी ) विभागले गत नोभेम्बर यता यस्ता उपकरण आयातको विषय स्वीकृत गर्न रोकिरहेको छ।

डब्लुपीसीले यस विषयमा निर्णय नगरेका कारण ८० वटा भन्दा धेरै अमेरिकी, चिनियाँ तथा कोरियाली आवेदनहरू रोकिएका छन्। सरकारले यस विषयमा औद्योगिक समूह तथा व्यक्तिगत कम्पनीहरूको प्रतिनिधित्वलाई सम्बोधन गर्न बाँकी नै रहेको बताएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमा आएपछि भारतले आर्थिक आत्मनिर्भरतामा जोड दिँदै चीनबाट हुने आयात विरुद्ध कठोर नीति अपनाउँदै आएको अल जजिराले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ