arrow

माधव नेपाललाई भेट्न गए विप्लव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
madhav-nepal-biplav.jpg

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न विप्लवसँगै नेकपा नेता धर्मेन्द्र बास्तोला नेपाल निवास कोटेश्वरमा पुगेका हुन् । 

बिहीबार बिहान भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थासँगै समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएसँगै विप्लवले पनि राजनीतिक भेटघाट तीव्र पारेका छन् । 

उनले बुधबार मात्रै सत्ता सहयात्री दल नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसँग छलफल गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ