arrow

दुई हातमा छुट्टाछुट्टै रक्तचाप खतरनाक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
blood-pressure.JPG

काठमाडौं । सामान्यतया रक्तचाप जाँच गर्दा एक हातमा मात्र परीक्षण गर्ने चलन छ । तर यो सही तरिका हैन । दुवै हातमा रक्तचाप लिन सुझाइएको छ । यसो गर्दा यदि दुवै हातको मापनमा असमानता आयो भने त्यो खतरनाक हुन सक्छ । 

असमानता आउनु समय अगाडि नै मृत्यु हुन सक्ने संकेत दिइएको छ । इङ्गल्याण्डको एक अनुसन्धान टिमले २५० जनामा गरेको अनुसन्धानबाट जो उच्च रक्तचापका बिरामी छन् उनीहरुको दुवै हातमा फरक नतिजा आयो भने त्यो खतराको संकेत हो । 

यसबाट उक्त व्यक्तिलाई मुटुको रोग, स्ट्रोक वा अन्य कुनै कारणले समयभन्दा पहिले नै मृत्यु हुने खतरा रहन्छ । एक्स्टर विश्वविद्यालयको पेनिनसुला कलेज अफ मेडिसिन एन्ड डेन्टिस्ट्रीसँग जोडिएका डा. क्लार्क यो अनुसन्धानका प्रमुख हुन् । 

सिस्टोलिक र डायस्टोलिकको बीचमा १० मिलिमिटरको अन्तर सामान्य हो । तर योभन्दा फरक रह्यो भने त्यो समस्याको संकेत हो । डा. क्लार्क भन्छन्, ‘डाक्टरले बिरामीको परीक्षण गर्दा दुवै हातको परीक्षण गरुन् ।’

दुवै हातको परीक्षणको मतलब पत्ता लगाउन अमेरिकाको म्यासेच्युट्स अस्पतालमा ४० वर्ष बढी उमेरका ३ हजार ४०० बिरामीको परीक्षण गरियो । जसमा कुनै पनि मुटुको बिरामीको लक्षण थिएन । 

उनीहरुमध्ये यीमध्ये धेरैमा सिस्टोलिक रक्तचापको अन्तर ५ को अन्तर र १० प्रतिशतमा अन्तर १० भन्दा बढी पाइयो । १३ वर्षसम्म निगरानी गरी निकालिएको नतिजाअनुसार १० भन्दा बढी अन्तर भएकामध्ये ३८ प्रतिशतलाई हृदयाघात, हार्ट स्ट्रोक र मुटुका बिरामी पाइए । 

यदि दुवै हातको अन्तर १० बढी पाइयो भने हार्टरीमा ब्लकेज हुन सक्ने सम्भावना हुन्छ । साइन्स म्यागजिनका अनुसार दुवै हातको रक्तचाप फरक हुनेलाई नसासम्बन्धी रोग पनि लाग्न सक्छ । 

रक्तचाप लिनुअघि के के गर्ने ? 
–आधा घण्टा पहिले अल्कोहल र निकोटिन नलिने । 
–लिने समय आरामसँग सीधा बस्ने र केही समयका लागि खुट्टा सीधा राख्ने । 
–नाप्ने बेलामा कुहिनालाई मुटुको लेभलमा सीधा राख्ने । (एजेन्सीको सहयोगमा)
 



नयाँ