arrow

‘जोसियल’लगायतका नेटवर्किङ्ग व्यवसायमा संलग्नलाई १० लाख जरिवानासहित पाँच वर्ष जेल सजाय हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
networking-bis.jpg

काठमाडौं । नेपालमा नेटवर्क मार्केटिङका नाममा सञ्चालनमा आएर ठगी गरिरहेका विभिन्न नेटवर्किङ्ग वेबसाइटमा संलग्नलाई कारबाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चेतावनी दिएको छ ।

पछिल्लो समय नेपालमा जोसियल, भेस्टिज, हाइपर फण्ड ग्लोबल, सीआरयु, विन्टर, क्राउड वान, सोलेमेक्स र पोइन्ट विसजस्ता वेबसाइटहरुबाट ठगी भइरहेको छ । यस्ता वेबसाइटले सुरुमा केही पैसा हालेर रजिस्टर हुने र त्यसपछि प्रत्येक हप्ता पैंसा आउने प्रलोभन देखाउने गरेका छन् ।

यी वेबसाइटमा संलग्न व्यक्तिहरुले विभिन्न सामग्रीको विज्ञापन फेसबुकमा सेयर गरेर र दैनिक उपभोग्य सामान किनेर आम्दानी गर्न सकिने भन्दै पैसा असुलेर पिरामिडमा आधारित धन्दा गराउने गरेका छन् ।

नेपाल सरकारको वस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ तथा नियमावली २०७६ ले यस्ता कार्यलाई पूर्णरुपमा रोक लगाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले समेत यस्ता नेटवर्क मार्केटिङ र पिरामिडमा आधारित धन्दालाई रोक लगाएको छ ।

तर, पनि धेरै जानबुझ नभएका विद्यार्थीहरु र विभिन्न मानिसहरुलाई यस्ता धन्दामा सक्रिय व्यक्तिहरुले घरमा बसीबसी पैसा कमाउने प्रलोभन देखाएर शुल्क असुलेर उनीहरुलाई पनि संलग्न गराउने गरेका छन् ।

यसबीच बुधबार अर्थात हिजो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यस्ता कार्यमा संलग्न भएका र अन्य मानिसलाई संलग्न गराउने व्यक्तिलाई १० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने चेतावनी दिएको छ ।

विभागका निर्देशक शिवराज सेढाईले यस्ता कार्य गराउने र गर्नेलाई १० लाख जरिवाना अथवा ५ बर्ष जेल या दुवै सजाय हुनसक्ने बताएका छन् । यसकारण यस्ता अवैध धन्दामा संलग्न नहुन विभागले आग्रह गरेको छ ।

यस्तो छ विभागको विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ