arrow

एनआरएनए स्पेनको उपाध्यक्षमा राउत र बेल्जियमको सचिवमा सापकोटाको उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
span-belgum.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए स्पेनको उपाध्यक्षमा सोनु राउतको उम्मेदवारी परेको छ । १५ वर्षदेखि स्पेनमा रहँदै आएका राउतले स्पेन शाखाको आगामी कार्यसमितिका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । राउत स्पेनको वार्सिलोनामा कार्यरत छन् ।

यसअघी उनी एनआरएनए र स्पेनका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर काम गरिसकेका छन् । उनले नेपालमा वाढी पहिरो पीडितलाई आर्थिक सहयोग समेत गर्दै आएका छन् । एनआरएनए स्पेनको नयाँ कार्यसमितिका लागि आगामी जुलाई २६ मा मतदान हँदैछ । कोभिड १९ को जोखिम कायमै रहेकाले नयाँ कार्यसमितिका लागि अनलाईन माध्यमबाट मतदान हुन लागेको हो । 

ललितपुरको हात्तिवन स्थायी घर भएका राउतले स्पेनका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर समाज सेवामा पनि सक्रिय छन् । स्पष्ट विचार धारा राख्ने राउत बार्सिलोनामा लोकप्रिय समेत छन् ।

स्पेनमा रहँदा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्व र एनआरएनएका पदाधिकारीसंग नजिक भएर काम गरिसकेका राउतले आफुलाई एनआरएका बर्तमान र पूर्वपदाधिकारी, विभिन्न संघसंस्थाहरुको साथ रहेको दावी गरे । अग्रजहरुको सल्लाह अनुसार नै आफुले एनआरएनए स्पेन कार्यसमितिको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । 

गैर नाफामुलक संस्था एनआरएनएको छवीलाई सुधार्न, नेपाल र नेपालीहरुको हितमा प्रर्वद्धन गर्न आफुले हरसम्भव प्रयास गर्ने उनको भनाई छ । गैर आवासीय नेपाली संघ एनआरएनएलाई सवै नेपालीको साझा चौतारी बनाउन आफुले हर सम्भव प्रयास गर्ने राउतले बताए ।

यसैगरी, गैर आवासीय नेपाली संघ एनआरएनए बेल्जियमको सचिवमा बाग्लुङका जगदिश सापकोटाले पनि उम्मेदवारी दिएका छन् । बेल्जियममा १६ वर्षदेखि बस्दै आएका सापकोटा होटल तथा रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् । लुवेनमा बस्दै आएका उनले बेल्जियम शाखाको आगामी कार्यसमितिका लागि सचिव पदमा उम्मेदवारी दिएका हुन् ।

सन २००५ देखि नै लुवेनमा बस्दै आएका सापकोटा त्यहाँको विभिन्न सामाजिक क्षेत्रमा सक्रीय रहँदै आएका छन् । इन्द्र धनुष क्लवसंग आवद्ध सापकोटाले जनसम्पर्क समिति बेल्जियमको प्रवक्ताको जिम्मेवारी सम्हाली सकेका छन् । उनले नेपाली व्यवसायीसंघ बेल्जियमको क्षेत्रीय संयोजकको रुपमा काम गरेको अनुभव समेत सापकोटाको छ । विभिन्न संघसंस्थामा बसेर काम गरेको अनुभवका आधारमा आफुले सचिव पदमा उम्मेदवारी दिएको र एनआरएनएको गरिमालाई अझै उच्च बनाउन लागि पर्ने पर्ने प्रतिवद्धता समेत जनाए ।

एनआरएनए बेल्जियमको  नयाँ कार्यसमितिका लागि आगामी जुलाई  २५ मा मतदान हुँदैछ ।  स्पष्ट विचार राख्ने सापकोटा बेल्जियममा निकै लोकप्रिय समेत छन् । बेल्जियममा रहँदा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्व र एनआरएनएका पदाधिकारीसंग नजिक भएर काम गरिसकेका सापकोटाले आफुलाई एनआरएका बर्तमान र पूर्वपदाधिकारी, विभिन्न संघसंस्थाहरुको साथ रहेको दावी गरे । 

अग्रजहरुको सल्लाह अनुसार नै आफुले एनआरएनए स्पेन कार्यसमितिको सचिव पदमा उम्मेदवारी दिएको बताए । गैर नाफामुलक संस्था एनआरएनएको छवीलाई सुधार्न तथा बेल्जियममा रहेका नेपालीहरुलाई एकीकृत गरि सेवा प्रदायक कम्पनी र संस्थाहरुसंग हातेमालो गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए ।

आफ्नो कार्यकालमा एनआरएनएको आर्थिक पारदर्शितालाई केन्द्रमा राख्ने सापकोटाले प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो कार्यकाल एनआरएनएको सृजनशिलताका लागि हरसम्भव प्रयास गर्ने उनले बताए । आगामी कार्यकालको सचिव पदमा उम्मेदवारी दिनुअघी सापकोटाले विभिन्न ५ वटा प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ