arrow

मन्त्रीपरिषद्वारा संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
deuba-cabinet1-2078-03-29.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले ३ साउनका लागि प्रतिनिधि सभा बैठक बोलाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनका लागि प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

गृह मन्त्री बालकृष्ण खाँणले मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिए।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत ७ जेठमा प्रतिनिधिसभा विघटन गरेको थियो। तर, सर्वोच्च अदालतले गत २८ गते प्रतिनिधि सभा पुर:स्थापना गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश  दिएकै दिन ३ साउनमा संसद् बोलाउन आदेश दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ