arrow

उपत्यका प्रवेशमा पास नचाहिने, पसल बेलुकी ७ बजेसम्म खुल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
semi-lockdown-nepal.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा अत्यावश्यक कामले आउँदा अब पास नचाहिने भएको छ । यस्तै जारी निषेधाज्ञा १० साउनसम्म थप गरिएको छ ।
 
काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको संयुक्त बैठकले उपत्यकामा १६ वैशाखबाट जारी निषेधाज्ञालाई पुनः एक साता थप गर्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यक कामले उपत्यका प्रवेश गर्दा पास नचाहिने निर्णयसमेत गरेको छ । 

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले १० साउनसम्मका लागि निषेधाज्ञा थप गरिएको र अत्यावश्यक कामले उपत्यका प्रवेश गर्दा शुक्रवारदेखि पास नचाहिने निर्णयसमेत भएको जानकारी दिइन् । 

उनका अनुसार अब पसल व्यवसायसमेत बेलुकी ७ बजेसम्म खोल्न पाइने छ । यसअघि साँझ ६ बजेसम्म मात्रै पसल व्यवसाय सञ्चालन गर्न पाइने निर्णय भएको थियो । 

बैठकले लामो दूरीका यातायात सञ्चालनका विषयमा भने कुनै निर्णय लिएको छैन । सो विषयमा मन्त्रीपरिषद् बैठकबाटै निर्णय हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ