arrow

टेलिकमको सर्भर ह्याक नभएको स्पष्टीकरण, डाटा सबै सुरक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
nepal-telecom-building.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल टेलिकमको सर्भर ह्याक नभएको टेलिकमले जनाएको छ। ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात् डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शङ्काको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन सुरु गरेको थियो।

कम्पनीका सम्बन्धित विज्ञहरूबाट विस्तृत छानबिन पश्चात् कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारहरूमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको टेलिकमले विज्ञप्ति जारी गरी जनाएको छ।

टेलिकमले ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरू अपनाउँदै आइरहेको पनि जनाएको छ।

टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा समेत ग्राहकका विवरणहरू सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ