arrow

 मुख्यमन्त्री नेपाली नेतृत्वको टोली खोप लिएर गोरखाको चुमनुब्रीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
krishnachand-vaccine-gorkha.png

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रवार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । 

उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो । चुमनुब्रीमा ३५ सय खोप चाहिनेमा पाँच सय जनाले यस अघि नै खोप लगाइसकेका छन् । 

मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको त्यसका लागि बजेटको समेत प्रबन्ध गरिसकेको बताए । सङ्घ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाहरूमा पठाइएको र प्राथमिकता प्राप्त व्यक्तिहरूलाई उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले निर्देशन दिइसकेका छन् । 

भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकाहरूमा पठाएर खोप लगाउने गरिएको छ । 

अहिले चुमनुब्री पठाइएको खोप तीन हजार जनालाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पुर्‍याउने छ । खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ ।

टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी छन् । 

माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत खोप चुमनुब्री पुर्‍याइएको हो । हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने छ । 

बर्खा याममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ