arrow

वाइवाइ नयाँ स्वादमा ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ को बिक्री सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
wai-wai-dynamite.jpg

काठमाडौँ। नेपालमा सर्वाधिक बिक्री हुने ‘वाइवाइ’ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ। ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ १०० ग्राम तौलको प्याकमा उपलब्ध छ, जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको छ।

यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन्। यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिने कम्पनीले जनाएको छ।

वाइवाइ चाउचाउलाई प्याकेट खोलेर उम्लिरहेको पानीमा हाल्ने, ५ मिनेटसम्म पाक्न दिने, त्यसपछि प्याकेटमा भएका मसला स्वादहरू मिसाएर राम्ररी चलाउने गरेपछि आफ्नो रुचिअनुसारका अन्य सागसब्जी र माछा मासु पनि मिसाउन सकिन्छ।

वाइवाइ सबै उमेर समूह र समुदायमा प्रिय र नेपालमै सर्वाधिक रुचाइएको चाउचाउ हो। यो सामान्य खुद्रा पसलदेखि भव्य सुपर मार्केटसम्म सजिलै उपलब्ध हुन्छ। पकाएर वा त्यत्तिकै पनि खान सकिने वाइवाइलाई नेपालभर ‘स्टेपल फुड’ का रूपमा पनि उपभोग गर्ने गरिएको छ। वाइवाइ चाउचाउ हाल २७ फरक स्वादमा उपलब्ध छ। अन्य नयाँ स्वाद पनि थपिँदै जाने कम्पनीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ